सभामुख अर्यालद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौं l सभामुख डोल प्रसाद (डीपी) अर्याल ले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर रामसहाय प्रसाद यादव सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाइएको छ।
उच्च तहका जिम्मेवार पदाधिकारीबीच भएको उक्त भेटमा मुलुकको राजनीतिक परिस्थिति, लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने उपाय तथा संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विचार आदान–प्रदान भएको स्रोतले जनाएको छ। पछिल्लो समय संसदको भूमिका, राजनीतिक सहकार्य र जनअपेक्षालाई सम्बोधन गर्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
संघीय लोकतान्त्रिक व्यवस्था संस्थागत गर्न राज्यका प्रमुख निकायहरूबीच निरन्तर समन्वय र संवाद आवश्यक रहेको सन्दर्भमा सभामुख र उपराष्ट्रपतिबीच भएको यो भेटलाई महत्वपूर्ण मानिएको छ। यस्ता भेटवार्ताले राष्ट्रिय मुद्दामा साझा समझदारी निर्माण गर्न र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
















प्रतिक्रिया