पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नयाँ दिल्लीमा प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्दै आफू राजनीतिक उद्देश्यका लागि नभई नेपालमा समृद्धिको बाटो खोल्न आएको बताएका छन्।
उनले नेपाल–भारत सम्बन्धलाई विकास र सहकार्यमा केन्द्रित गर्दै अघि बढ्नुपर्ने धारणा राखे। सम्बोधनका क्रममा उनले भारतले पछिल्ला वर्षमा गरेको तीव्र आर्थिक तथा पूर्वाधार विकासको उदाहरण दिँदै नेपालले पनि त्यस्तै गतिमा अघि बढ्नुपर्ने बताए।
लामिछानेले आफूले अन्य नेताहरूभन्दा फरक दृष्टिकोण लिएर दिल्ली भ्रमण गरेको दाबी गर्दै भने, “अरू नेताहरू राजनीतिक ढोका खोल्न आउँछन्, म भने समृद्धिको ढोका खोल्न आएको हुँ।”
यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए।

















प्रतिक्रिया