काठमाडौं । मदनकृष्ण श्रेष्ठलाई चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको छ।
शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मानस्वरूप श्रेष्ठलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित रातो थैली प्रदान गरिएको छ।
रामचन्द्र पौडेलले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरेका हुन्। नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ।

















प्रतिक्रिया