चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक २ बजे सारिएपछि भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा सुरु भएको हो।
पार्टीका प्रवक्ता मनीष झा का अनुसार बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल भइरहेको छ।

भोलिदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनअघि बसेको यो अन्तिम केन्द्रीय समिति बैठक हो। महाधिवेशनको व्यवस्थापन, संगठन विस्तार तथा भावी कार्यदिशाबारे बैठकले महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया