बर्गेनस्टक । मध्यपूर्वमा तनाव घटाउने उद्देश्यले स्विट्जरल्यान्डको बुर्गेन्स्टकमा भएको इरान–अमेरिका वार्ताको पहिलो चरणमा प्रारम्भिक प्रगति भएको बताइएको छ।
मध्यस्थकर्ताका अनुसार वार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको हो। दुवै पक्षले हर्मुज जलडमरू खुला राख्ने र त्यहाँ तनाव नबढाउने सहमति जनाएको छ।
लेबनानमा पुनः द्वन्द्व नफैलियोस् भनेर ‘डि–कन्फ्लिक्सन सेल’ गठन गरिएको छ भने गलत बुझाइबाट तनाव नबढोस् भनेर प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति पनि भएको छ।
दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।
प्राविधिक तहका थप वार्ता आगामी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ।

















प्रतिक्रिया