इराक। विश्वबजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून स्तरमा झरेको छ। ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ७२–७३ डलरको हाराहारीमा झरेपछि इन्धन आयात गर्ने देशहरूमा राहतको अपेक्षा बढेको छ। इरान–अमेरिका तथा इजरायलबीचको तनाव कम हुँदै जाँदा र स्ट्रेट अफ होर्मुजमार्फत तेल ढुवानी सहज बन्दै जाँदा आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएको छ।
तर नेपालमा भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा तत्काल कुनै राहत देखिएको छैन। नेपालले पेट्रोलियम पदार्थ Indian Oil Corporation मार्फत खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव केही ढिलो गरी नेपाली बजारमा देखिने गर्छ।
यसबाहेक कर संरचना, ढुवानी खर्च, अमेरिकी डलरको विनिमय दर तथा नेपाल आयल निगम को मूल्य समायोजन नीतिले पनि इन्धनको खुद्रा मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ।
विश्वबजारमा लगातार मूल्य घटिरहे पनि नेपाली उपभोक्ताले अझै त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। यद्यपि, अन्तर्राष्ट्रिय बजारमा गिरावटको क्रम कायम रहे आगामी मूल्य समायोजनमा नेपाल आयल निगममाथि मूल्य घटाउने दबाब बढ्ने देखिन्छ।
विश्वबजारमा तेल सस्तो हुँदा नेपाली उपभोक्ताले राहत कहिले पाउने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

















प्रतिक्रिया