भेनेजुएलामा आएको शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट १८ दिनको नवजात शिशुको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले शिशुलाई सुरक्षित रूपमा बाहिर निकालेपछि तत्काल उसका बुबाको जिम्मा लगाएका थिए।
शिशुको सफल उद्धार भएको करिब डेढ घण्टापछि उद्धार टोलीले उसकी आमालाई पनि भग्नावशेषबाट सकुशल बाहिर निकाल्न सफल भएको हो।
आमा र नवजात शिशु दुवैको सुरक्षित उद्धार भएपछि घटनास्थलमा भावुक वातावरण बनेको थियो। उद्धारकर्मी र स्थानीयवासीले यसलाई आशाको प्रतीकका रूपमा लिँदै खुसी व्यक्त गरेका छन्।
उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

















प्रतिक्रिया