काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको ह्युस्टनमा सम्पन्न अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
जापानले काइशु सानोको गोलमार्फत अग्रता लिए पनि ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। कासेमिरोले बराबरी गोल फर्काएपछि खेल इन्जुरी समयमा पुग्यो। त्यसपछि गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाए।
यस जितसँगै ब्राजिलले अब अन्तिम १६ मा नर्वे र आइभरी कोस्टबीचको विजेतासँग जुलाई ५ मा प्रतिस्पर्धा गर्नेछ।

















प्रतिक्रिया