कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड अन्तिम १६ मा


फिफा । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

एटलान्टा स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा केनले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। डीआर कंगोले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन।

यस जितसँगै इंग्ल्यान्ड उपाधि यात्रालाई निरन्तरता दिँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने डीआर कंगोको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ।