काठमाडौं । भारतको राजधानी दिल्लीमा संसद् भवनतर्फ मार्च गरिरहेका ककरोच जनता पार्टी (सीजेपी) का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ।
सोमबार आयोजित ‘चलो संसद्’ मार्चका क्रममा जन्तरमन्तर क्षेत्रमा ठूलो संख्यामा कार्यकर्ता भेला भएका थिए। प्रदर्शन नियन्त्रणका लागि र्यापिड एक्सन फोर्स (आरएएफ) सहितको प्रहरी टोली परिचालन गरिएको थियो।
समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठी प्रयोग गरेको देखिन्छ। घटनाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ।
दिल्ली प्रहरीले भने उक्त मार्चका लागि कुनै अनुमति नदिइएको जनाउँदै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदर्शन रोक्न आवश्यक कदम चालिएको जनाएको छ।

















प्रतिक्रिया