भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा


काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। पेपर लिक प्रकरणलाई लिएर चर्किएको विवाद र बढ्दो आन्दोलनका बीच उनले राजीनामा दिएको बीबीसीले जनाएको छ।

शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका थिए। विपक्षी दलहरूले पनि आन्दोलनलाई समर्थन गर्दै उनको राजीनामाको माग गरेका थिए।

पेपर लिक प्रकरणको निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। बढ्दो दबाबका बीच अन्ततः धर्मेन्द्र प्रधानले शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्।