काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनरत विद्यार्थीको दबाबपछि पदबाट राजीनामा दिएको दाबी गरिएको छ।
दाबीअनुसार प्रधानले शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन्। उनले विद्यार्थीहरूको भविष्यप्रतिको चिन्तालाई ध्यानमा राख्दै पदबाट अलग भएको उल्लेख गरेका छन्।
पछिल्लो समय मेडिकल प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र चुहावटको विषयलाई लिएर आन्दोलन चर्किएको बताइएको छ। उक्त आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ले गरेको दाबी गरिएको छ।
आन्दोलनमा सहभागी विद्यार्थीहरू ३६ दिनदेखि नयाँ दिल्लीस्थित जन्तरमन्तरमा धर्नामा बस्दै आएका छन्। उनीहरूको आन्दोलन विस्तारै देशका अन्य भागमा पनि फैलिएको दाबी गरिएको छ।
विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई पहिलो सर्तका रूपमा अघि सारेका थिए। यसअघि सरकार र आन्दोलनरत पक्षबीच वार्ता भए पनि सहमति हुन नसकेको जनाइएको छ।
उक्त घटनाबारे भारत सरकार वा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।

















प्रतिक्रिया