काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संघीय संसद्को चालु अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
स्रोतका अनुसार भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।
तर सभामुखको आग्रहमा प्रधानमन्त्री बालेनले भने ठोस जवाफ नदिएको स्रोतको दाबी छ। प्रधानमन्त्रीले संसद्मा कहिले उपस्थित हुने भन्ने विषयमा स्पष्ट धारणा नदिएको बताइएको छ।
भेटवार्तापछि सभामुख अर्याल संसद् बैठकमा प्रवेश गरेका थिए। प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर सांसदका प्रश्नको जवाफ दिलाउने विषयमा सभामुखले पहल गरे पनि प्रधानमन्त्रीबाट तत्कालै स्पष्ट प्रतिबद्धता नआएको बताइएको छ।





















प्रतिक्रिया