काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्।
कांग्रेसको संस्थापन इतर समूहको तीन दिने भेलातर्फ संकेत गर्दै थापाले आफूविरुद्ध भएका आलोचनाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने बताए।
उनले भने, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु। मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो।’
काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको भेलामा अधिकांश नेताहरूले सभापति थापाको चर्को आलोचना गरेका थिए।
थापाले राजनीतिमा सफलताको मापदण्ड पद वा सत्ता प्राप्ति मात्र नभएको पनि बताए। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल आवश्यक रहेको भन्दै उनले कार्यकर्ताको त्याग र योगदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।




















प्रतिक्रिया