कांग्रेस सांसद मिश्रको आरोप– ‘सरकार परिणाममुखी होइन, प्रचारमुखी भयो


काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखीभन्दा प्रचारमुखी भएको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभामा बोल्दै उनले सरकारले जनतालाई आश्वासन होइन, ठोस परिणाम दिनुपर्ने बताए। नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकले आर्थिक प्रगति गरिसक्दा नेपाल भने युवालाई वैदेशिक रोजगारीमा पठाएर खाद्यान्न आयात गर्ने अवस्थामा पुगेको उनको भनाइ थियो।

उनले स्वदेशमा रोजगारीको अभावका कारण युवाको विदेश पलायन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए।