रवि लामिछानेले बोलाए केन्द्रीय समितिको बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठक २०८३ भदौ ५ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घन्टी घरमा बस्नेछ।

बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको छ। बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको र तयार भएपछि जानकारी गराइने पार्टी महामन्त्री विपिन कुमार आचार्यले बताएका छन्।