काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाको न्यून सफलता दरप्रति चासो व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुद्दा दायर हुनेबित्तिकै कर्मचारी वा जनप्रतिनिधि निलम्बनमा पर्ने तर फैसला आउन ८–१० वर्षसम्म लाग्ने अवस्थाले निर्दोष व्यक्तिको सामाजिक प्रतिष्ठा, करियर र पारिवारिक जीवनमा गम्भीर क्षति पुग्ने बताए।
‘अन्ततः सफाइ पाएपछि गुमेको प्रतिष्ठा, अवसर र सेवाको क्षतिपूर्ति कसरी गर्ने भन्ने प्रश्न गम्भीर छ,’ लामिछानेले भने।
उनले अनुसन्धान र अभियोजनलाई तथ्य तथा प्रमाणमा आधारित बनाउँदै निर्दोषमाथि अनावश्यक क्षति नपुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। साथै, भ्रष्टाचार नियन्त्रणमा केन्द्रसँगै स्थानीय तहलाई पनि प्राथमिकतामा राखेर लक्षित योजना बनाउनुपर्ने बताए।






















प्रतिक्रिया