काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक सम्पन्न भएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल तथा विमर्श गरिएको छ। साथै विभिन्न उपसमितिले आ–आफ्नो विषयसँग सम्बन्धित नीति तथा कार्ययोजना प्रस्तुत गरेका छन्।

बैठकमा आगामी भदौ ६ गते आयोजना हुने ‘ग्रीन रन महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे पनि जानकारी लिँदै आवश्यक छलफल गरिएको थियो। बैठकले दुवै कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।





















प्रतिक्रिया