काठमाडौँ । महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले बिहानै भृकुटीमण्डपको छड्के अनुगमन गरेकी छन्।
मन्त्री बादीले समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डपका बजार, स्टल, प्रदर्शनीस्थल, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय तथा खुला क्षेत्रको निरीक्षण गरेकी हुन्। उनले परिसरको व्यवस्थापन, संरचनाको अवस्था र आम्दानीबारे सम्बन्धित अधिकारीसँग जानकारी लिइन्।
भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी र नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न समग्र अध्ययन अघि बढाउन उनले निर्देशन दिइन्।
बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गतामैत्री पूर्वाधार, प्रदर्शनीस्थल, हरित क्षेत्र, पुस्तकालय, पार्किङ र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गर्नसमेत उनले निर्देशन दिएकी छन्।






















प्रतिक्रिया