गृहमन्त्री गुरुङको उपस्थितिमा निर्वाचन सुधारबारे छलफल


  1. काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा र निर्वाचन सुधारबारे छलफल गरेको छ।गृहमन्त्री गुरुङले विदेशमा रहेका तथा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार दिन आवश्यक कानुनी व्यवस्था विधेयकमा समेट्न र त्यसअनुसार प्राविधिक तयारी अघि बढाउन आयोगलाई आग्रह गरे।प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन कानुनी, संस्थागत तथा प्राविधिक सुधारको तयारी अघि बढाइएको जानकारी दिए।