काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा सहभागी हुँदै उनले नागरिकका गुनासा, समस्या र सुझाव सुन्नेछन्।
सोमबार साँझ हुने कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले आफ्ना समस्या तथा सुझाव राख्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद र केन्द्रीय नेतृत्वबीच समसामयिक तथा नीतिगत विषयमा छलफल हुने रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ।






















प्रतिक्रिया