काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
आइतबार अपिल जारी गर्दै उनले विशेषगरी बालबालिका पीडित भएका घटनामा गोपनीयता, गरिमा र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका हुन्। प्रकाशित सामग्री भए तत्काल हटाउनसमेत उनले अनुरोध गरेका छन्।
‘पीडितको पहिचान र गोपनीयताको सम्मान गरौँ, अपराधमाथि अर्को अपराध नगरौँ,’ मन्त्री तिमल्सिनाले भनेका छन्।






















प्रतिक्रिया