सुर्खेत । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि तय भएको मन्त्रीको शपथ कार्यक्रम स्थगित भएको छ। मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि कार्यक्रम रोकिएको हो।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ स्थगित गर्न आग्रह गरेका छन्। नेकपाको भागमा परेका तीन मन्त्रालयमध्ये मन्त्री छनोटमा विवाद देखिएको हो।
यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा थियो। तर साबिक समाजवादी धारले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको भनाइ छ।
अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरेपछि मुख्यमन्त्री शाहीलाई नाम टुंग्याउन थप सकस परेको छ।






















प्रतिक्रिया