काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउँदै राजनीतिक दलहरूले वर्षौँदेखि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको बताएका छन्।
२०७३ सालमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगले २०७४ मङ्सिरमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, झण्डै एक दशक बित्दा पनि प्रतिवेदन सार्वजनिक भएको छैन।
थापाले विगतको कमजोरीलाई प्रतिवेदन सार्वजनिक नगर्ने बहाना बनाउन नहुने भन्दै पीडितको न्याय र नागरिकको सत्य जान्ने अधिकारका लागि थप ढिलाइ नगर्न आग्रह गरेका छन्।






















प्रतिक्रिया