हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएको छ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले थापामाथिको कारबाही तत्काल कार्यान्वयन गर्न माग गरिन्। उनले कारबाहीका आधिकारिक दस्ताबेजसमेत समितिमा पेस गरेकी छन्।
पार्टीको निर्देशनविपरीत नेकपा एमालेलाई समर्थन गरेको भन्दै राप्रपाले थापालाई सांसद पदबाट हटाउने र पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको हो।
यता, कारबाहीको निर्णयमा राप्रपाभित्रै मतभेद देखिएको छ। नेता कमल थापाले निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।






















प्रतिक्रिया