हेरालो प्रणाली’ बलियो बनाउन पूर्वसुरक्षाकर्मी परिचालन गर्नुपर्ने सागर ढकालको धारणा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसुरक्षाकर्मीलाई ‘हेरालो प्रणाली’मा परिचालन गर्न सुझाव दिएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा बोल्दै उनले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति रोक्न विज्ञ टोलीको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे।

ढकालले हेरालोमा खटिने पूर्वसुरक्षाकर्मीलाई आवश्यक आत्मरक्षाका सामग्री उपलब्ध गराउन तथा प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालय र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए।