सानालाई ऐन, ठूलालाई चैन’ नहोस् : अतिक्रमणमा मनिष झाको खबरदारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण हटाउने अभियानमा विभेद नगर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले हालसम्म ७ वटा पोखरी र ६५ वटा घर खाली गराइएको जानकारी दिँदै गरिबका बस्ती मात्रै हटाएर शक्तिशालीका संरचना जोगाउने काम हुन नहुने बताए।

झाले गुठी संस्थानसँगको समन्वयमा पोखरी मिचेर बनाइएका होटल, अस्पतालका पार्किङ तथा अन्य व्यावसायिक संरचना पनि हटाउनुपर्ने बताए। उनले जनकपुरमा करिब ९५० बिघा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गर्दै सबैमाथि समान रूपमा कानुन लागू गर्न माग गरे।