काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन मात्र पर्याप्त नहुने बताएका छन्।
नेपाली कांग्रेसको ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ विषयक कार्यक्रममा बोल्दै उनले पुँजी बजार सुदृढीकरणसँगै नियम, कानुन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्ने बताए।
अर्यालका अनुसार नेपालको सानो बजार र कमजोर कानुनी संरचनाका कारण विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। विदेशी लगानी दया वा अनुरोधका भरमा नभई लगानीमैत्री वातावरण बनेपछि मात्र आउने उनको भनाइ छ।
उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ र आईपीओजस्ता संयन्त्रलाई प्रभावकारी बनाउन सके घरेलु पुँजीसमेत ठूलो मात्रामा परिचालन गर्न सकिने बताए।





















प्रतिक्रिया