हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मत प्रक्रियामा सहभागी नहुन नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले विज्ञप्ति जारी गर्दै भदौ ९ गते दिउँसो ४ बजे हुने विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन निर्देशन दिएका हुन्।
मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटन, हेटौँडा इजलासमा विचाराधीन रहेकाले मुद्दाको टुंगो नलागेसम्म विश्वासको मत प्रक्रिया अघि बढाउनु अदालतको अवहेलना हुने कांग्रेसको दाबी छ।
अदालतले भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा एक दिनअघि नै प्रक्रिया अघि बढाउन खोजिएको भन्दै कांग्रेसले सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाएको छ।























प्रतिक्रिया