काठमाडौँ । रसुवा बाढी प्रभावितको उपचारका लागि रगत आवश्यक परे तत्काल उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी हाइअलर्टमा बसेको छ।
रेडक्रस ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताका अनुसार काठमाडौँस्थित केन्द्रमा हाल करिब १ हजार युनिट रगत मौज्दात छ। आवश्यकताअनुसार ललितपुर, काठमाडौँ, भक्तपुर र चितवनलगायतका रक्तसञ्चार केन्द्रबाट समेत रगत उपलब्ध गराउन सकिने उनले बताए।
गुप्ताले सम्भावित मागलाई ध्यानमा राख्दै रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। देशभरका अन्य रक्तसञ्चार केन्द्रमा पनि आवश्यकताअनुसार रगत उपलब्ध रहेको रेडक्रसले जनाएको छ।





















प्रतिक्रिया