काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी, पहिरो तथा डुबानपछि राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।
सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुवात गर्दै लामिछानेले सरकारको एकल प्रयासभन्दा सबै दलको साझा संयन्त्रमार्फत काम गर्दा निर्णय प्रक्रिया प्रभावकारी हुने बताए।
उनले सरकारी राहत तथा उद्धार कोषलाई एकद्वार प्रणाली मानेर सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिए। विपद्को समयमा दलगत स्वार्थभन्दा माथि उठेर उद्धार र पुनर्स्थापनामा जुट्नुपर्ने उनको भनाइ छ।
लामिछानेले सामाजिक सञ्जालमा फैलिने भ्रम रोक्न र विपद्का बेला यसको सही सदुपयोगका लागि पनि दलहरूबीच साझा धारणा आवश्यक रहेको बताए।






















प्रतिक्रिया