काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुरको एक मुद्दामा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अरुण अर्याल जाहेरवाला रहेको ५ लाख २५ हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले मंगलबार तामाङलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेशपछि धरौटी बुझाएर रिहा हुन लागेका तामाङलाई प्रहरीले भने पुनः पक्राउ गरेको छ। उनीविरुद्ध अन्य मुद्दामा बयान तथा अनुसन्धान बाँकी रहेकाले पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्ग लगिएको छ। उनलाई बुधबार पुनः अदालतमा उपस्थित गराइने प्रहरी वृत्त दरबारमार्गका एक अधिकृतले बताएका छन्।
तामाङ सोमबार मध्यान्ह सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका थिए। प्रहरी रेकर्डअनुसार उनीविरुद्ध थप ९ वटा बैंकिङ कसुरका मुद्दा प्रहरी कार्यालय तथा अदालतमा विचाराधीन छन्।


















प्रतिक्रिया