अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न सरकारलाई निश्कल राईको चेतावनी


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपत्तिको समयमा सरकारले नागरिकलाई सरकारको अनुभूति गराउन नसकेको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको व्यवस्थापनमा सरकार असफल भएको दाबी गरे। उनले सत्ताको अहङ्कार, धम्कीपूर्ण अभिव्यक्ति र आलोचकप्रतिको असहिष्णुता त्याग्न सरकारलाई चेतावनी दिए।

राईले भदौ २३ र २४ गतेका घटनासहित मानव अधिकार उल्लङ्घन तथा कैदीबन्दी फरार घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरे। उनले सरकारलाई संवाद, जिम्मेवारी र नतिजामुखी काममा जोड दिन आग्रह गरे।