तीन नेताका प्रतिवेदनलाई एकीकृत गर्दै एमाले कार्यदलले साझा प्रतिवेदन पठाउने


काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले तयार पारेका तीन छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन बनाउने भएको छ ।

आइतबार बसेको कार्यदल बैठकले रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तयार पारेका मस्यौदालाई मिलाएर साझा दस्ताबेज तयार गरी पार्टी सचिवालयमा बुझाउने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । नेतृत्व पुनर्गठनको विषयमा भने कार्यदलले प्रतिवेदनमा प्रस्ताव नगर्ने उनले बताइन् ।

सचिव महेश बस्नेतका अनुसार कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णयसमेत गरेको छ । एमाले केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ । सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।