बाढीले बगाएको ठाउँमा रसुवागढी सडक नबनाउने : मन्त्री लम्साल


काठमाडौँ । सरकारले रसुवागढीमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीले क्षति पुर्‍याएको पुरानै स्थानमा सडक बनाउने पक्षमा सरकार नरहेको बताएका छन्।

उनका अनुसार बाढीबाट क्षति पुगेको सडक खण्डको पुनर्निर्माण गर्दा सुरक्षित र दीर्घकालीन विकल्प खोजिनेछ। सरकारको प्राथमिकता भविष्यमा पुनः त्यस्तै क्षति नहुने गरी सडक संरचना निर्माण गर्नु रहेको मन्त्री लम्सालले बताएका छन्।