काठमाडौँ । बिजुलीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सैद्धान्तिक सहमति जुटेको छ ।
सोमबार भएको छलफलमा ऊर्जामन्त्री श्रेष्ठले विद्युत्मा लाग्दै आएको भ्याट हटाउन अर्थमन्त्रीसमक्ष प्रस्ताव राखेका थिए । उक्त प्रस्तावप्रति अर्थमन्त्री वाग्ले सकारात्मक देखिएपछि भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्रालय स्रोतले जनाएको छ ।
विद्युत्मा लाग्दै आएको भ्याट हटाउने विषयमा सरकारभित्र सहमति बनेसँगै अब आवश्यक प्रक्रिया अघि बढाउने तयारी छ । यद्यपि भ्याट हटाउने निर्णय कार्यान्वयनका लागि सम्बन्धित कानुनी तथा बजेटरी प्रक्रिया पूरा गर्नुपर्नेछ ।



















प्रतिक्रिया