२१ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने ढुंगाना


धादिङ । नेपाली कांग्रेसको वडा अधिवेशनबाट धादिङका २१ वर्षीय युवा नवीन राज ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ का ढुंगाना विद्यार्थी राजनीतिमा सक्रिय छन् । कांग्रेसमा युवा पुस्ताको सहभागिता बढाउने विषयमा बहस भइरहेका बेला उनी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि ढुंगानाले पार्टीको संगठनात्मक गतिविधिमा थप सक्रिय भएर लाग्ने बताएका छन् ।

धादिङका अधिकांश वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ।