काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले किएभसहित विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको दाबी गर्दै मस्कोमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल एक्समार्फत जेलेन्स्कीले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको र नागरिक पूर्वाधारमा क्षति पुगेको बताएका छन्। उनले यस्ता आक्रमणलाई ‘आतङ्कवाद’को संज्ञा दिएका छन्।
जेलेन्स्कीका अनुसार रुसी जेट इन्जिनयुक्त ड्रोनले किएभका दुई बालविकास केन्द्र, दुई विद्यालय, आवासीय भवन, मोटर मर्मत केन्द्र, गोदाम तथा सञ्चार संरचनामा आक्रमण गरेको छ। अघिल्लो दिनदेखि रुसले २७७ वटा आक्रमणकारी ड्रोन प्रयोग गरेको र तीमध्ये १५५ वटा जेट इन्जिनयुक्त रहेको उनको दाबी छ।
उनले किएभमा साउदी अरबका राजदूतको निवासका रूपमा प्रयोग भइरहेको भवनमा समेत क्षति पुगेको बताएका छन्। त्यस्तै, डिनिप्रोको खेलकुद विद्यालय र सुमीको क्षेत्रीय बालगृहमा पनि आक्रमणबाट क्षति पुगेको उनको भनाइ छ।
रुसले तनाव कम गर्ने दिशामा अघि बढिरहेको दाबीप्रति प्रतिक्रिया दिँदै जेलेन्स्कीले त्यस्तो तयारी भए किएभमा यति ठूलो ड्रोन आक्रमण नहुने बताएका छन्। उनका अनुसार रुसले कूटनीतिक सङ्केतमार्फत युद्धप्रतिको अन्तर्राष्ट्रिय प्रतिक्रियामा ढिलाइ गराउने प्रयास गरिरहेको छ।
जेलेन्स्कीले अमेरिकी प्रतिबन्धसम्बन्धी कानुन कार्यान्वयन गर्नुका साथै जी–७ र जी–२० का साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट रुसमाथि थप दबाब दिन आग्रह गरेका छन्। रुसी वित्तीय सञ्जाल, हतियार उत्पादनमा प्रयोग हुने सामग्री तथा उपकरणको आपूर्ति सञ्जाल र ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादनमा संलग्न कम्पनी तथा व्यक्तिविरुद्ध थप प्रतिबन्धको तयारी भइरहेको उनले बताएका छन्।
यसैबीच, रुसी समाचार संस्था तासका अनुसार रुसी पक्षले डोनेट्स्क जनगणतन्त्रको आवासीय क्षेत्रमा युक्रेनी सेनाले पछिल्लो २४ घण्टामा ११ पटक गोलाबारी गरेको जनाएको छ। रुसी पक्षका अनुसार गोलाबारीबाट दुई आवासीय भवन र दुई नागरिक पूर्वाधारमा क्षति पुगे पनि सर्वसाधारणतर्फ कुनै हताहत भएको छैन।
रुसी रक्षा मन्त्रालयले पनि रुसका विभिन्न क्षेत्र तथा कृष्ण सागरमा ४३ वटा युक्रेनी ड्रोन नष्ट गरेको



















प्रतिक्रिया