काठमाडौं- गुपचुप छायांकन गरेका छौं भन्दै मिडियामा हल्ला गरेपछि कसरी गुपचुप हुन्छ होला खै ? अहिले निर्देशक दीपेन्द्र के खनाल यस्तै नाटक रचिरहेका छन् । जो, फिल्म त बनाउँछन् तर रिलिज हुन्छ कि हुदैन पत्तो हुदैन । फेरि, उनले खगेन्द्र लामिछाने बाहेक अरु कलाकार पनि फिल्म क्षेत्रमा नदेखे जस्तो छ ।
दीपेन्द्रको फिल्म इतिहास गज्जब छ । तर, पछिल्लो समय उनी कथा भन्दा व्यवसायिक भएका छन् । यसैले, उनीबाट पहिले पहिले जुन अपेक्षा दर्शकले गर्थे, अहिले त्यो अपेक्षा कमजोर हुन थालेको छ ।
उनले बनाएको ‘मेयर, क्याप्टेन साब’ विवादित बने । विवादित व्यक्तिको बायोपिक बनाएर वासिङ मेसिन झै सफा बनाउन खोजेपछि दीपेन्द्रलाई फिल्म रिलिज गर्न नै गाह्रो परिरहेको छ ।
सायद, यही भएर होला उनी फिल्म बनाउँछन् रिलिज गर्न सक्दैनन् । उनै, दीपेन्द्र खगेन्द्र र नायिका सुरक्षा पन्तलाई लिएर ‘श्रीमान् श्रीमति’ बनाइरहेका छन् । सुटिङ भएको केही समय भयो ।
तर, गुपचुप छायांकन गरेका छौं भन्दै मिडियाबाजी गर्न उनलाई कसले सक्ने ? कि गुपचुप नै नभन्नु कि मिडियाबाजी नगर्नु ? मिडियाबाजी गरेपछि कसरी गुपचुप हुन्छ हो ?
दीपेन्द्रको यो फिल्म भने रिलिज होस्, हामीले भन्ने यत्ती मात्र हो ।

















प्रतिक्रिया