म्याक्स टाइगरको ‘दसैँ धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीले जिते स्कुटर र मोटरसाइकल


काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई भाग्यशाली उपभोक्ताले यामाहा स्कुटर र मोटरसाइकल जितेका छन्। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन्।

दसैँको उत्साहसँगै सञ्चालन भइरहेको यस अभियानअन्तर्गत हालसम्म पाँच जना उपभोक्ता स्कुटर तथा मोटरसाइकलको विजेता बनिसकेका छन्। कम्पनीका अनुसार अभियानको सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको विजेता भने घोषणा हुन बाँकी छ।

जीवनमै पहिलोपटक ठूलो पुरस्कार जितेका बुटवलका नरबहादुर ठोकरका लागि यो जित विशेष बनेको छ। सामान्य रूपमा खरिद गरेको म्याक्स टाइगर इनर्जी ड्रिंकको एक क्यानले उनलाई नयाँ स्कुटरको विजेता बनाएको हो।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका थिए।

पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ। म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। यसका साथै एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्। हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेका छन् भने अभियानअन्तर्गत थप ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी रहेको कम्पनीले जनाएको छ।

बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्मका उपभोक्तालाई समेट्दै अघि बढिरहेको यस अभियानले दसैँको उत्सवमा थप उत्साह थपेको कम्पनीको भनाइ छ। एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा बाँकी पुरस्कार कसले जित्ला भन्ने चासो पनि बढ्दै गएको छ। ‘हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित अघि बढिरहेको म्याक्स टाइगरको यस अभियानले उपभोक्तालाई चाडपर्वको खुसीसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ।