एकैदिन सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यसअघि गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १७५ रुपैयाँले घटेको छ। शनिबार ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ।