वीरगन्ज । वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा फोहोर फाल्न बाहिर जाने क्रममा कैदी सुनिल साह तुराहा पर्खाल नाघेर फरार भएका हुन् ।
पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लका अनुसार तुराहा करिब ११ वर्षदेखि कारागारमा सजाय भोगिरहेका थिए । सरसफाइका क्रममा फोहोर फाल्न जाने मौका छोपेर उनी कारागारको पर्खाल नाघ्दै फरार भएको उनले जानकारी दिए ।
फरार कैदी पर्साको पोखरिया नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैदी फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ । डीएसपी मल्लका अनुसार जिल्लाका सबै नाका तथा शंकास्पद स्थानमा प्रहरी परिचालन गरी खोजतलास भइरहेको छ ।
प्रहरीले फरार कैदीको सम्भावित आवागमनका क्षेत्रहरूमा निगरानी बढाएको छ । कारागारबाट कैदी फरार भएपछि घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।

















प्रतिक्रिया