गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठाभित्र अचेत अवस्थामा भेटिएका थिए।
सहकर्मीले ढोका खोलेर हेर्दा ओछ्यानमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो। चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजुले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

















प्रतिक्रिया