काठमाडौँ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभव काठमाडौँको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वनेत्रीसमेत रहेकी श्रेष्ठले यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। यद्यपि, आगामी निर्वाचनमा उनी कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवार बन्ने भन्ने खुलाएकी छैनन्।

















प्रतिक्रिया