काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रहरी प्रमुखको यस्तो अभिव्यक्तिलाई गैरजिम्मेवार र मजाकपूर्ण भन्दै आपत्ति जनाए। आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै उनले प्रहरीका सामान्य कर्मचारीले थुन्ने धम्की दिनु हास्यास्पद भएको बताए।
ओलीले गृहमन्त्री सुधन गुरुङको ‘फाइल खोल्दै छु, सबै थुनिन्छन्’ भन्ने अभिव्यक्तिमाथि पनि प्रश्न उठाए। ‘सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा?’ भन्दै उनले जिम्मेवार पदमा रहेका व्यक्तिले आतंक सिर्जना गर्ने शैलीमा बोल्न नहुने बताए।
उनले आफूलाई थुन्न चुनौतीसमेत दिएका छन्। ओलीको अभिव्यक्तिले राजनीतिक नेतृत्वको मर्यादा र कानुनी जवाफदेहिताबारे बहस पुनः चर्काएको छ।

















प्रतिक्रिया