काठमाडौँ । कलाकार तथा गायक सर्विन (छत्र) बोगटी पक्राउ परेका छन्। उनलाई मंगलबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बोगटीलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कालिकोट स्थायी घर भएका बोगटी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका थिए। केही दिनअघि उनले गृहमन्त्री सुधन गुरुङकी आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

















प्रतिक्रिया