१८ दिने शिशुको मृ-त्यु भएपछि वीरगन्जको नेशनल मेडिकल कलेजमा तनाव


वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। चिकित्सक तथा नर्सको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तले अस्पतालको गेट बन्द गरेर प्रदर्शन गरेका छन्।

शिशुको मृत्युको निष्पक्ष छानबिन गरी दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कारबाही गर्नुपर्ने माग गर्दै आफन्तहरू आन्दोलित भएका हुन्। आक्रोशित भीड अस्पताल परिसरमा जम्मा भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

पर्सा प्रहरीका प्रवक्ता सञ्जीवबाबु खड्काका अनुसार तनाव नियन्त्रणमा लिन तथा पीडित पक्षसँगको विवाद समाधान गर्न अस्पताल प्रशासन र सुरक्षाकर्मीबीच छलफल भइरहेको छ।