धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम अझै रोकिएको छैन। पहिरो पन्छाएर हाल कम्तीमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिए पनि सडकखण्डमा जोखिम कायमै रहेको छ।
नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार पहिरो नियन्त्रण तथा सडकलाई सहज बनाउने उद्देश्यले मेसिन र उपकरण परिचालन गरी काम भइरहेको छ। जुनसुकै समयमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ।
केही दिनभित्रै उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको योजनाले जनाएको छ।

















प्रतिक्रिया