काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा ‘एनबीएल फोनलोन’ नामक डिजिटल कर्जा सेवा सुरु गरेको छ। ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ मोबाइल एपमार्फत उपलब्ध हुने यस सेवाबाट योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म बिनाधितो कर्जा लिन सक्नेछन्।
बैंकका अनुसार ग्राहकले कुनै कागजी प्रक्रिया पूरा गर्न वा शाखा धाउन नपरी मोबाइल एपबाटै कर्जाका लागि आवेदन दिन र रकम प्राप्त गर्न सक्नेछन्। कर्जाको सीमा ग्राहकको तलब जम्मा कारोबार, विद्यमान कर्जा दायित्व र विगतको कर्जा चुक्ता गर्ने व्यवहारका आधारमा निर्धारण गरिनेछ।
ग्राहकले एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दीमा कर्जा चुक्ता गर्न सक्नेछन्। साथै, कर्जा समयअगावै भुक्तानी गर्न चाहे पूर्वभुक्तानी सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।

















प्रतिक्रिया