काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।
बुधबार दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले रास्वपाभित्रको आन्तरिक द्वन्द्व अदालत, प्रहरी र सञ्चारमाध्यमसम्म देखिन थालेको बताए।
उनले पार्टीभित्रको गुटगत संघर्षका कारण राज्यका निकायहरूमा समेत पक्षधरता देखिएको आरोप लगाए। सभापति र प्रधानमन्त्रीनिकट व्यक्तिहरूलाई फरक व्यवहार गरिएको उनको भनाइ थियो।
पुनले विधि, प्रक्रिया र कानुनभन्दा निकटताका आधारमा राज्य सञ्चालन भइरहेको आरोप लगाउँदै पक्राउ गर्ने र पछि छाड्ने प्रवृत्तिले स्वेच्छाचारिता बढाएको टिप्पणी गरे।

















प्रतिक्रिया